साजिर मन्सूर 

कलैया,जेष्ठ १४

महागढिमाई नगरपालिका वडा नम्बर ५ स्थित श्री बौधिमाई रंगशाला बगडमपुरमा प्रथम महागढिमाई मेयर कप फुटबल प्रतियोगिता शुरु भएको छ । आज सो रंगशालामा पत्रकार सम्मेलन गरेर वडा अध्यक्ष गजेन्द्र प्रसाद जयस्वालले जानकारी गराएका छन । जेष्ठ १९ गते देखि जेष्ठ २७ गते सम्म नक आउट चरणमा प्रतियोगिता गराईने जयस्वालले जानकारी गराएका हुन । कोरोना अगाडी प्रतियोगिता शुरु भएपनी कोरोना आएपछि यो प्रतियोगिता लाई निरन्तरता दिन नसकिएको प्रती दुख ब्यक्त गर्दै अब हरेक बर्ष यो प्रतियोगिता गराईने जयस्वालाले प्रतिबद्धता जनाएका छन । आफू पनि फूटबलको पुर्व खेलाडी रहेकाले यश प्रती बढी आकर्षण र आत्मियता बढी भएको बताए । प्रतियोगितामा बारा,पर्सा,रौतहट,सर्लाही,धनुषा,चितवन र मकवानपुरका विभिन्न टिम सहभागी रहने उअनले बताए ।

नगरस्तरिय योजना रहेको यो प्रतियोगिताको लागि कुल रु.८ लाख ९० हजार बजेट रहेको उनले बताएका छन ।

प्रतियोगिताको बिजेताले ट्रफी मेडल प्रमाणपत्र सहित नगद रु.१ लाख र उप बिजेताले ट्रफी,मेडल प्रमाणपत्र सहित नगद रु. ५० हजार पाउनेछन ।

लियो क्लब अफ गन्जभवानिपुरले आयोजना गर्ने प्रतियोगिताको लागि सहयोग महागढिमाई नगरपालिकाले गरेको छ ।

प्रतियोगिताको उदघाटन खेलमा चपुर र हेटौंडा भिड्ने आयोजकले जनाएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार