गणतन्त्र दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय बाराले आज बृहत सरसफाइ सम्पन्न गरेको छ ।
“समुदाय -प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ” गणतन्त्र दिवसको अवसरमा कलैया उपमहानगरपालिका वडा नम्बर ३ सिदेश्वरस्थित सिदेश्वर मन्दिरमा बृहत सरसफाइ गरिएको हो । बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्का र प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेको नेतृत्वमा प्रहरीको टोलीले मन्दिर परिसरमा बृहत सरसफाइ गरेको हो ।
बृहत सरसफाई कार्यक्रममा स्थानीयबासि संगै प्रहरी अधिकारि गरी ९५ जनाको सहभगिता थियो ।
प्रहरी नायव उपरीक्ष न्यौपानेका अनुसार गणतन्त्र दिवस कै अवसरमा जिल्ला मातहतका सबै प्रहरी युनिटले जिल्ला बिभिन्न मन्दिर परिसर र सार्वजनिक ठाउँमा बृहत सरसफाई गरिएको हो ।





-कलैया , बारा- प्रियंका दास







