साजिर मन्सूर
कलैया,जेष्ठ १६
बिश्रामपुर गाउपालिकाका अध्यक्ष जुल्फकार अलि भुट्टोले अहिले उत्पन्न खानेपानीको समस्या समाधानका लागि पालिकाको ५ वटै वडामा २५ वटा डिप बोरिङ्ग जडान गराईसकेको बताएका छन । भुट्टोले वडा नमब्र १ को छतवा,घोडासहन,कल्याणपुर,खेखरिया,निमटोला त्यस्तै २ नम्बर वडामा बरैनिया,कान्तिपुर,भरवलिया,चिलझप्टी मा डिप बोरिङ्ग गरिएको जनाए । त्यस्तै वडा नम्बर ३ को मुसहर्वा दुबै टोल त्यस्तै वडा नम्बर ४ को दुबै खुदिया र बलिरामपुर टोल।
मा वडा नम्बर ५ को ईटियाहीमा ४ वटा नकटुवामा ३ वटा गरि जम्मा २५ वटा डिप बोरिङ्ग गरिएको जानकारी गराएका छन । डिप बोरिङ्ग बनेपछी पालिका बासी अत्यन्तै खुशी भएको वडा नम्बर २ का लालबाबु साह तेलिले बताएका छन । तेलिले अहिलेको प्रचन्ड गर्मिका बेला पानीको मुहान सुकेर खानेपानीको समेत हाहाकार भएको बेला अध्यक्ष भुट्टोले गाउगाउमा डिप बोरिङ्ग गर्दा सारा पालिका बासी खिशी भएको प्रतिक्रिया दिएका छन ।
यता वडा नम्बर २ कि महिला मुस्तकिमा खातुनले पानीको सबै मुहान सुक्दा खासगरी महिला दिदी बहिनिहरुलाई खाना पकाउन,लुगा धुन,बालबालिका लाई सरसफाइ गरि नुहाएर बिधालय पठाउन जस्ता कामका लागि अत्यन्तै समस्या भोग्नु परिरहेको बेला गाउपालिकाले गरेको यो कार्यबाट सम्पुर्ण महिला खुशी भएको र पालिका लाई धन्यवाद दिइरहेको बताएकी छन ।
गाउपालिकाको पालिका स्तरिय योजनाबाट जनताको लागि यो कार्य गापा अध्यक्ष भुट्टोको दुरदर्शि सोचले यो बोरिङ्ग गरिएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत ई. सुदन लामिछानेले बताए । लामिछानेले जनतालाई सहज पानी उपलब्ध गराउदा आफैलाई अत्यन्तै आत्मसन्तुष्टि लागिरहेको बताए । जनताको लागि बिश्रामपुर गापा हरदम अगाडी रहेको उनले बताएका छन ।
गाउपालिका उपाध्यक्ष प्रीयन्का देबि साहले समेत पालिकाको आम दिदिबहिनीका लागि आवस्यक योजना ल्याएर महिला मैत्री पालिका बनाउन र सबैको अपनत्व महसुस हुने किसिमले योजनाहरु अगाडी बढिरहेको बताईन ।







