मे महिनाको शुरुदेखि नै मनसुनी वर्षा हुँदा प्रभावित भएको श्रीलंकाका विभिन्न शहरहरु बाढीको डुबानमा परेका छन् । बाढीका कारण हजारौै बिस्थापित हुनुका साथै सयौं सवारीसाधन पनि पुरिएका छन् । बाटो बाटोमा रुख ढलेका कारण सवारी आवागमन ठप्प भएको छ ।
जलवायु परिवर्तनको असरका कारण विनाश निम्तिएको भन्दै मौसमविद्हरुले सबैलाई सचेत तुल्याएका छन् । डिएमसीका अनुसार देशका २५ मध्ये २० जिल्ला भारी वर्षाले प्रभावित भएको र मुख्य नदी किनारमा बस्ने मानिसहरूलाई उच्च ठाउँमा जान आग्रह गरीएको छ ।
यसैबीच श्रीलंका सरकारले थप वर्षाको सम्भावना रहेकाले अर्को सातासम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।







