बारा – जिल्ला प्रहरी कार्यालय बाराले दुईजना फरार प्रतिवादीलाई करौ गरेको छ । पक्राउ पर्नेमा ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी बाराको कलैया उपमहानगरपालिका वडा नम्बर २४ श्रीपुरका २४ बर्षीय दिपेश अधिकारि र कुटपिट मुद्दाका फरार प्रतिवादी महागढीमाई नगरपालिका वडा नम्बर ११ माधुरी जब्दीका ४५ बर्षीय सिताराम यादव रहेका छन ।
ज्यान मार्ने उद्योगमा जिल्ला अदालत बाराले अधिकारीलाई ३ महिना १४ दिन कैद सजाय र रु १० हजार जरिवाना गरेपछि फरार रहेका थिए भने कुटपिट मुद्दामा यादव बारदात पछी फारा भएका थिए ।
जिल्ला अदालत बाराको निर्देशनमा दुई जनालाई खोजतालस गरी पक्राउ गरिएको बाराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जनाउनुभयो ।







