नूर आलम बादशाह, असार १० गते सोमबार
बाराको सिम्रौनगढ़ नगरपालिकाको प्रमुख प्रशाुसकीय अधिकृतको रुपमा हरिओम प्रसाद जयसवाल हाजिर भएका छन् ।
मन्त्रालयले जयसवाललाई सिम्रौनगढ़ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाएपछि उनी नगरपालिकामा हाजिर भएका हुन् ।
प्रमुख प्रशासकीय अधिकृत जयसवाललाई नगर उप प्रमुख नजमु शेहर, वडा अध्यक्ष अजिउल्लाह अंसारी, सुरेन्द्र जयसवाल, रामएकबाल यादव लगायत बिभिन्न शाखा प्रमुख र कर्मचारीहरुले सोमबार पालिकामा स्वागत गरेका छन् ।
यस अघि सिम्रौनगढ़ नगरपालिकामा जय नारायण यादवले प्रमुख प्रशासकीय अधिकृतको सम्हालेका थिए ।







