कलैया – प्रतिबन्धित लागुऔषध गाँजासहित वीरगंजबाट दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा पर्साका जगरनाथपुर गाउँपालिका वडा नम्बर ५ का १८ बर्षीय ईमताज आलम र भारतका २२ बर्षीय नवरेज आलम रहेका प्रहरीले जनाएको छ ।
बिशेष सुकारीको अधारमा वीरगंज १६ भन्सारद्वार नजिकै सशस्त्र प्रहरी बल सिमा सुरक्षा गुल्म वीरगंज र प्रहरी चौकी ईनर्वाबाट खटिएको संयुक्त प्रहरीको टोलीले चेकिंग गरेका थिए ।
चेकिंगका क्रममा वीरगंजबाट भारतको रक्सौल तर्फ जादै गरेको यात्रुबाह अटोमा सवार दुबैजनालाई आशंकाको लागि खानतलासी गर्दा ईमताज आलमले बोकेको झोलाबाट प्रतिबन्धित लागुऔषध गाँजा ५ किलो ७२० ग्राम फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता दिपक भारतीले जनाउनुभयो ।
पक्राउ परेका दुबैजनालाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखी लागुऔषध सम्बन्धि कसुरमा थप अनुसन्धान भईरहेको प्रहरी प्रवक्ता भारतीले बताउनुभयो
– प्रियंका दास – कलैया , बारा







