साजिर मन्सूर 

कलैया,असार २९

नेपालकै ख्यातिप्राप्त शिवशक्ती ग्रुपले आज फेमिली तेल उपहार बितरण तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । बिरगंजको होटेल भिस्वामा आयोजित कार्यक्रममा फेमिली तेलका ५० कार्टुन बेच्ने खुद्रा बिक्रेता ५८ जनालाई छाता बितरण गरिएको छ । यस्तै १ सय कार्टुन बेच्ने १७ जनालाई स्कुल बैग,१५० कार्टुन बेच्ने ९ जनालाई ब्लुतुथ स्पिकर,२ सय कार्टुन बेच्ने ११ जनालाई रेन कोर्ट बितरण गरिएको छ । ३ सय कार्तुन बेच्ने ५ जनालाई थाली सेट,४ सय कार्टुन बेच्ने २ जनालाई बेड शिट,५ सय कार्टुन बेच्ने ३जनालाई कुकर बितरण गरिएको हो । सोही अवसरमा ६ सय कार्टुन बेच्ने २ जनालाई एम आई स्मार्ट वाच,८ सय कार्टुन बेच्ने २ जनालाई ओरिएन्ट स्टान्ड फैन र १६ सय कार्टुन बेच्ने ३ जनालाई १७० लिटरको फ्रीज पुरस्कार बिरतण गरिएको हो ।

oplus_2

कार्यक्रममा सम्बोधन गर्दै कम्पनिका महाप्रबन्धक शतिश कुमार अग्रवालले सम्पुर्ण नेपाली आम उपभोक्तालाई शिवशक्ती ग्रुपको सम्पुर्ण उत्पादनलाई बिश्वास गरेको भन्दै धन्यवाद ब्यक्त गरे । उनले सम्पुर्ण थोक तथा खुद्रा बिक्रेतालाई हाम्रो उत्पादन सहज र सरल किसिमले हरेक नेपालिको घर आगन सम्म पुर्याउन मदत गरेकोले बिशेष धन्यवाद दिदै निरन्तर सबैको सहयोगको अपेक्षा गरेका छन । हामिले कहिल्यै पनि गुणस्तरमा एक रति पनि कमजोरी नगर्ने प्रतिबद्धता जनाउदै पछिल्लो समय यो कम्पनी आईएसओ गुणस्तर प्राप्त भएकोले अझ हामी उत्साहित र हौसिएका छौ उनले भने ।

नेपाली बजारमा फेमिली खाने तेल सङ्गै अब उर्जा तेल,उर्जा चामल,उर्जा दालले समेत धमाका मचाईरहेकोले समस्त उपभोक्तालाई केवल शवशक्ती ग्रुपका उत्पादन प्रयोग गर्न आग्रह गरेका छन ।

oplus_2

 शिवशक्ती ग्रुपका महा प्रबन्धक शतिश कुमार अग्रवालको अध्यक्षतामा भएको कार्यक्रममा बिशिस्ट अतिथिहरु प्रबन्धक रत्नेश श्रीवास्तव,ग्रुपका ललित शर्मा,दिपक गौरिशरिया,थोक बिक्रेताहरु राजु खण्डेलवाल,मनोज अग्रवाल,मनिश रौनियार,महेश साह,श्यामबाबु गुप्ता,मनोज गुप्ता,सुरज साह,सुर्य त्रीपाठी,दिपेन्द्र साह,उपेन्द्र जि,रुस्तम अन्सारी र दिवाकर जैस्वाल सहित सयौ खुद्रा बिक्रेताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा शिवशक्ती ग्रुपका विभिन्न उत्पादनहरुका बारे जानकारी गराईएको थियो । सो अवसरमा तेल बिभागको बारेमा उमाशन्कर महतो,चामल बिभागको बारे भरत भूषण सिंह,दाल बिभागको बारे मणिकान्त गुप्ता एवम साबुन सरफ बिभागका बारे पवन अग्रवालले प्रकाश पारेका थिए ।

oplus_2

कार्यक्रमको सन्चालन एवम सहजीकरण बाराका सन्चारकर्मी साजिर मन्सूरले गरेका थिए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर