साजिर मन्सूर 

कलैया,साउन १९

कलैयाको सिद्धेश्वर मन्दिरको प्राङगणलाई गार्डेन बनाउने योजना अनुसार जीवन ज्योति बचत तथा ऋण सहकारी संस्थाले आज बृछारोपण गरेको छ । एक कार्यक्रमका बिच जिल्ला समन्वय समिति बाराका प्रमुख नरेन्द्र कुमार साहले विरुवा रोपी सो कार्यक्रमको उदघाटन गरेका छन । जीवन ज्योती बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष दिलिप कुमार चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा सिद्धेश्वर संस्कृत मा बि का अध्यक्ष मणिन्द्रनाथ शर्मा,सहकारी  संस्थाको उपाध्यक्ष भरत लाल अग्रवाल, सचिव शिवजी प्रसाद यादव, कोषाध्यक्ष नविन कुमार अग्रवाल, सदस्यहरु गोपाल ठाकुर, सुभाष जैसवाल, धर्मेन्द्र कुमार तिवारी, अनिल कुमार कलवार, असलम मंसुर, अजेन्द्र प्रसाद यादव, रविन्द्र कुमार मिश्र, पवन कुमार मिश्र, पवन कुमार अग्रवाल, डा.बद्री प्रसाद दास, ज्ञान प्रकाश चौधरी, निरंजन कुमार अग्रवाल, संतोष सर्राफ तथा संस्थाका व्यवस्थापक रुपेश कुमार कर्ण लगायतकाको उपस्थिति रहेको थियो ।

सो मन्दिर प्राङ्गणमा ३ बिरुवा लगाईने र आवस्यक सौन्दर्यताका लागि ब्यवस्थापन गरिने पुर्व घोषणा बमोजिम संस्था ले कार्य गरिरहेको अध्यक्ष चौधरीले जानकारी गराएका छन । उनले संस्थाले समाजिक उतरदायीत्व बहन गर्नमा कहिल्यै पछाडी नपर्ने बताएका छन । उनले सिदेस्वर बाबाको प्राङ्गणमा सौन्दर्यता बढेपछि यहाँ धार्मिक तथा बाह्य पर्यटक समेत बढ्ने अनि यहाको पर्यटनको समेत बिकास हुने बताएका छन ।  संस्थाले हरेक बर्ष विभिन्न खालका समाजिक कार्यहरू गर्दै आएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर