विश्व प्रसिद्ध बाराको गढीमाई मन्दिरमा सात्विक भोग चढाउँन आग्रह गरिएको छ । सात्विक पूजा एवम मन्दिर निर्माण हेतु नेपाल भारतका मिडिया भूमिका अन्तरक्रिया कार्यक्रममा गढीमाई मन्दिरमा सात्विक भोगसहित पूजा गर्न आग्रह गरिएको हो ।
पशु कल्याण संघ नेपालले आयोजना गरेको सो अन्तरक्रिया कार्यक्रमा नेपालका सर्वोच्च अदालतले समेत पशु बलि दिनबाट रोक लागेको र पशु बलिलाई लिएर बेला बेलामा पशु अधिकारकर्मीले समेत बिरोद्ध गर्ने गरेकोले पशु कल्याणको लागी गढीमाई मन्दिरमा पशु बलिको निरुत्साहित गर्नमा भूमिका खेल्न सञ्चारमाध्यमलाई आग्राह गरिएको हो ।
त्यसैगरी मन्दिर निर्माणमाको लागि आत्मानिर्णय अनुसार दान गर्न आग्रह गरिएको छ ।







