नेपाल प्रहरी श्रीमती संघको ४० औ बार्शिकोत्सवको अवसरमा बाराको कलैयामा बृहत् रक्तदान कार्यक्रम आयोजन गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाराले आफ्नै प्राङ्गणमा सो कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा बाराका सम्पुर्ण ईच्छुक महानुभावले आएर रक्तदान गर्न आग्रह गरिएको छ ।

नेपाल प्रहरी श्रीमती संघ (Nepal Police Wives Association) एक गैर-लाभकारी संस्था हो जुन नेपाल प्रहरीका कर्मचारीहरूको श्रीमतीहरूले स्थापना गरेको हो। यस संघको मुख्य उद्देश्य प्रहरी परिवारहरूको सामाजिक, आर्थिक, शैक्षिक, र सांस्कृतिक विकासमा योगदान पुर्‍याउनु रहेको बारा प्रहरी उपरीक्षक खड्काले बताए । खड्काले संघले बिपतिमा परेका बर्ग,दलित,असहाय,गरिब,बिपन्न बर्गलाई आवस्यक राहत सहयोग सङ्गै बालबालिकाको शिक्षामा समेत सहयोग गर्दै आएको बताए ।

खड्काले संघका गतिविधिहरूमा शिक्षा, स्वास्थ्य, आयमूलक कार्यक्रमहरू, र अन्य सामाजिक सेवाहरूको आयोजना समावेश हुन्छन्। यस संघले प्रहरी परिवारहरू बीचको एकता र सहयोगलाई प्रोत्साहन गर्दछ भने ।

४० औ बार्षिक उत्सवको अवसरमा अमृता अनाथालयमा राहत बितरण,१५० फलफुलका बिरुवा मातहतका कार्यालयको प्राङ्गणमा बृछारोपण समेत गरिएको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जनाए ।

यो समाचार तयार पार्दा सम्म ३० जनाले रक्तदान गरेको सामुदायिक प्रहरी शाखाका ईन्चार्ज रन्जन साहले जानकारी गराएका छन । सामुदायिक प्रहरीको आयोजनामा जिल्लामा विभिन्न समाजिक कार्य,जनचेतनामूलक कार्य,लागू औषध दुर्ब्यव्यशन रोकथाम,अस्लिलता बिरुद्द कार्यक्रम हरु भैरहेको साहले जनाए ।

प्रादेशिक अस्पताल कलैयाका डाक्टर पिपेश श्रेष्ठ,डाक्टर शेख गुल,प्रादेशिक अस्पताल कलैयाका ल्याब ईन्चार्ज शेख फुलमहमद,रक्त सन्चार केन्द्र कलैयाका ल्याब टेक्निसियन नाजदा खातुन,ल्याब असिस्टेन्ट कृष्ण यादव,ल्याब असिस्टेन्ट राजाबाबु गुप्ता,महिला संजाल बाराकी अध्यक्ष बबिता जयस्वाल,नेपाल रेडक्रस सोसाइटी बाराका उदय नेपाल लगायतकाको उपस्थिति रहेको थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर