बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १० निलकण्ठवामा रहेको माछापलक किसान दशैं ठाकुरको पोखरीका माछा आफै मर्न थालेपाची उहाँ चिन्तित हुनुभएको छ ।
सोमबार र मंगलबार दुई दिनमा १० क्विन्टल भन्दा बढी माछा मरेको उहाँले जानकारी दिनुभएको छ । पोखरीमा रहेका ग्रास , रोहु , बिग्रेट जातिका लगायत सबै माछा एकै साथ मरेपछि १० लाख भन्दा बढी क्षति समेत भएको किसान ठाकुरले बताउनुभयो ।
यता जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक प्रकास सापकोटाले कसैले रिसिवीका कारण पोखरीमा बिष हालेको हुन सक्ने अनुमान गरिएको बताउनुभएको छ ।
यदपी यहि कारणले माछा मरेको हो भन्न सकिने कुनै प्रमाण नरहेको हुदा अनसन्धान पछी वास्तविक कारण खुल्ने बताउनुभएको हो ।
घटनाको जिल्ला प्रहरी कार्यालयले सुक्षम तरिकाले अनुसधान गरीरहेको समेत प्रहरी नायव उपरीक्षक , प्रवक्ता (डिएसपी) सापकोटाले बताउनुभयो ।







