साजिर मन्सूर
कलैया,असोज ३
संविधान दिवस तथा रास्ट्रीय दिवस २०८१ विभिन्न कार्यक्रम गरि मनाईएको छ ।
नेपालमा यो दिनको विशेष महत्व छ । यो दिन प्रत्येक वर्ष असोज ३ गते मनाइन्छ, नेपालको संविधानको ऐतिहासिक घोषणालाई सम्झना गरि यश दिनलाई मनाईन्छ । देशको लोकतन्त्र, संप्रभुता, र कानूनी राज्यको आधारलाई महत्त्व दिन यो दिन भब्य रुपमा मनाईन्छ । आज विभिन्न सरकारी, गैरसरकारी र शैक्षिक संस्थानहरूमा कार्यक्रमहरू आयोजना गरि मनाईदैछ , जसमा संविधानको महत्व, त्यसको कार्यान्वयन, र नागरिक अधिकारका बारेमा छलफल गरिने जिल्ला समन्वय समिति बाराका सभापति नरेन्द्र साहले जनाए । सभापति साहले
आज मिति २०८१ असोज ३ गते संविधान १० औ संविधान दिवस तथा राष्ट्रिय दिवसको उपलक्ष्यमा आयोजित प्रभातफेरी, बृहत् सरसफाई तथा वृक्षारोपण कार्यक्रममा सक्रिय सहभागित जनाउनु भएका विभिन्न राजनीतिक पार्टीका प्रमुख तथा प्रतिनिधीज्यूहरु, प्रमुख जिल्ला अधिकारी ज्यू, जिल्ला प्रहरी प्रमुख ज्यू, सशस्त्र प्रहरी प्रमुख ज्यू, नेपाली सेना लगायत सुरक्षा निकायका प्रमुख ज्यू, सहायक प्रमुख जिल्ला अधिकारी, विभिन्न सरकारी तथा सार्वजनिक कार्यालयका प्रमुख तथा राष्ट्र सेवक कर्मचारीज्यूहरु, पत्रकार तथा अन्य सञ्चारकर्मीहरु, विभिन्न विधालयका प्र.अ.. शिक्षक/शिक्षिका तथा विधार्थी भाईबहिनीहरु, विभिन्न संघसंस्था प्रमुख तथा प्रतिनिधिज्यूहरु, लगायत उपस्थित सम्पूर्ण महानुभावहरुलाई हार्दिक धन्यवाद दिए ।

oplus_2
उनले आज हामी सबै नेपालीहरुको गौरव गर्ने दिन हो, संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेको ऐतिहासिक दिनलाई हर्षोउल्लाहसका साथ मनाउन आग्रह गरेका छन । आ-आफ्ना कार्यालयहरुका छत. बरण्डा तथा परिसरमा राष्ट्रिय झण्डा फहराऔ साथै घरघरमा दीप प्रज्जवल गरी दीपावली गर्न समेत उनले भने । उनले विभिन्न सञ्चार माध्यमबाट संविधान दिवस तथा राष्ट्रिय दिवससंग सम्बन्धित सन्देशमूलक तथा जनचेतना मूलक कार्यक्रमहरु आयोजना गरी राष्ट्रिय दिवसलाई सफल बनाउन आग्रह गरे ।

oplus_34
जिल्ला प्रशासन कार्यालय बाराको प्राङ्गणबाट निस्केको प्रभातफेरी नगर परिक्रमा गरि सिदेस्वर मन्दिर प्राङ्गणमा सरसफाइ गरि बृछारोपण गरि सम्पन्न भएको थियो ।
उक्त अवसरमा बाराका प्रजिअ शशिधर घिमिरे सहित सबै सुरक्षा निकायका प्रमुख,विभिन्न कार्यालयका प्रमुख सहित समाजसेविहरुको उपस्थिति रहेको थियो ।

oplus_2







