शनिबार राति बारामा भएको ६० बर्षीय श्रीनारायण यादवको हत्या आरोपमा अहिलेसम्म बारा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

गएराति करिब ८ बजे आफ्नै घर अगाडी यादवमाथि धारिलो हतियार प्रहार गरी घाटी रेटिएको थियो । तत्कालै उनलाई उपचारको लागी प्रादेशिक अस्पताल कलैयामा लैजाने क्रममा बाटोमा मृत्यु भएको थियो ।

त्यसपछि घटनास्थलमा पुगेको प्रहरीको टोलीले मुचुल्का उठाई अनसन्धान गर्दै जादा अहिलेसम्म ६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो ।

घटनाको अनुसन्धान चलिरहेको हुदा पक्राउ परेका ६ जनाको प्रहरीले परिचय अहिले गोप्य राखेको उहाँले बताउनुभयो ।

यादवको शव पोष्टमार्टम पछी परिवारजानले दाहसंस्कारको लागी बुझेर लागेको समेत प्रहरी प्रवक्ता सापकोटाले जनाउनुभयो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर