कार्तिक शुल्पक्ष प्रतिपदामा मनाईने गोबर्द्धन पूजा आज मनाईदै छ ।
आँगनमा रातोमाटोबाट लिपपोत गरी गाईको गोबरले गोबर्द्धन पर्वत बनाई पूजा गरिदै हो ।
द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन छ ।
गोवर्द्धन पूजा प्रतिपदाका दिन सूर्योदय भएका दिन गर्नुपर्ने विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।







