साजिर मन्सुर
कलैया,कार्तिक २८
ग्रामीण उत्थान अभियानले आज आफ्नो २८ औ बार्षिक उत्सव मनाईरहेको छ । ग्रामीण उत्थान अभियान आज २७ बर्षको उकाली ओराली पार गर्दै आज देखी २८ औं बर्षमा प्रवेश गरेको अवसरमा संस्थाको तर्फ बाट आज ४ जना महिला उद्यमीहरुलाई विउ पुजी प्रदान गरिएको छ ।
कलैया उपमहानगरपालिका वडा नं ४ टोल सुन्दर वस्तीमा वसोवास गर्ने शोभा गिरी पासवानलाई सिलाई कटाई टेलर खोलन को लागि त्यसतै कलैया उपमहानगरपालिका वडा नं. २७ का वेदावती देवीराम लाई भैसी पालन, सोही वडा का गिता देवी सहनी लाई नास्ता पसल खोल्नका लागि तथा सोही वडा का सोआयब खातुन लाई किराना पसल खोल्नका लागि सो रकम चेक मार्फत हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष मुकद्दम अन्सारीले जनाए । टेवा धापाखेल ललितपुरको सहयोगमा तथा ग्रामीण उत्थान अभियानको आयोजनामा संचालित सामुदायिक सुरक्षा जालोका सदस्यहरुको लागि यो कार्याक्रम आयोजना गरि आत्म निर्भर बन्ने उद्देश्यका साथ यो विउ पूजी उपलब्ध गराईएको अन्सारीले जानकारी गराए । कलैया उपमहानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष रामेश्वर प्रसाद यादवको प्रमुख आतिथ्यमा आयोजित एक कार्यक्रममा यादवले उक्त चेक हस्तान्तरण गरेका थिए । अध्यक्ष यादवले संस्थाले निरन्तर समाज सेवाका कार्य गर्दै आएको भन्दै संस्था लाई धन्यवाद दिदै सफलताको कामना गरेका छन ।
संस्थाको लिला चौधरीले कार्यक्रम सन्चालन गरेकी थिइन ।







