प्रीयन्का दास
कलैया,मङ्सिर ४
नेपालमा महिलावादि आन्दोलनको परिवर्तनशिल सामाजिक, राजनीतिक, र कानूनी परिदृष्य” विषयक दुई दिवशिय छलफल कार्यक्रम सम्पन्न भएको छ । कलैयाको बरेवा दरबार होटेल एन्ड ब्यान्क्विटमा सम्पन्न छलफल कार्यक्रमको आयोजना फ्रेश इन्टर्नेशनलले गरेको थियो । 
नेपालमा महिला अधिकार र महिलावादि आन्दोलनको विकासक्रमलाई मध्यनजर गर्दै, हालका कानूनी, सामाजिक र राजनीतिक परिवर्तनहरूले महिलावादी आन्दोलनको दिशा र स्वरूपमा उल्लेखनीय प्रभाव पारेकोले सो सन्दर्भमा विशेष छलफल गर्न कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाको अध्यक्ष तथा कार्यकारी निर्देशक शान्ती रिसाल काफ्ले ले बताईन
कार्यक्रममा नेपालका महिलावादी आन्दोलनहरूमा देखिएका चुनौती र उपलब्धिहरुका साथै कानूनी र सामाजिक परिप्रेक्ष्यमा महिलाहरूको भूमिकाबारे छलफल गरिएको काफ्लेले बताईन ।
छलफल कार्यक्रमा सहजीकरण बरिस्ठ अधिवक्ता सुनिता रेग्मी पोखरेलले गरेकी थिइन ।
कार्यक्रममा कलैया उपमहानगरपालिकाका प्रमुख बिनोद साह,उप प्रमुख रौशन प्रविण सहित सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।







