नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले मधेस प्रदेश सरकारको विकल्प खोजिने बताउनुभएको छ ।

नेपाली कांग्रेस लहान नगर कार्यसमितिको आयोजना गरेको कार्यक्रममा महामन्त्री शर्माले अहिले मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिश कुमार सिंहले कांग्रेससँग राम्रो व्यवहार नदेखाएको बताउनुभएको हो ।

मुख्यमन्त्री सिंहकोव्यवहार यस्तै रह्यो भने कांग्रेसको नेतृत्वमा प्रदेश सरकारको विकल्प ढिला चाँडो खोजिने महामन्त्री शर्माले बताउनुभयो ।

आफु मधेशको बिभिन्न स्थानमा गएर जानकारी लिएपछि जनमत नेतृत्वको सरकारले राम्रो काम नगरेको थाह पाएको महामन्त्री शर्माले बताउनुभयो ।

मधेशको नेतृत्व अब कांग्रेस मधेश प्रदेशका संसदीय दलका नेता कृष्ण यादवले गर्ने बताउदै महामन्त्री बिश्वप्रकास शर्माले सत्ता सहयात्रीको रुपमा एमाले , लोसपा लगायतले सघाउने विश्वास व्यक्त गर्नुभयो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर