बारास्थित विश्व प्रसिद्ध गढीमाई मन्दिरमा मङ्सिर २३ गते बलि दिनुभन्दा अगाडी पंचबलि दिने व्यवस्था छ तर पंचबलिको रुपमा के के चढावा चढाईन्छ भन्ने सबैको जिज्ञासाका बिषय बनेको छ ।
यसै सन्दर्भमा हामीले गढीमाई मन्दिरका मूल पुजारी शिव चौधरीसंग कुरा गरेकाछौ ।
उहा भन्नु हुन्छ :- २२ गते मध्यरातिमा म आफ्नै घरमा माटो ७ वटा खपर गर्छु । यसपछि मेरो घरमा पुजापाठ हुन्छ । मेरो घरमा मन्दिर पनि छ । त्यही पुजा गर्छु । मेरो झाक्री हुन्छ साथै , घरमा गढीमाताको पुजा सम्पन्न गरेपछि रातिको २ बजे खिरभोजन तयार गरेर निस्कने गर्छु गढीमाई स्थान निर रहेको ब्रह्म बाबा स्थानमा । त्यहा पुजा गरेर म जान्छु भगवान चौधरीको मन्दिरमा जहाँ मेरो पुर्बज हुनुहुन्छ । त्यहाँ पनि पुजा गर्छु । त्यसपछी म गढीमाताको मन्दिर आउछु । माताको दुवै मन्दिरमा पुजा गर्छु र गोलो लगाउछु । त्यपछि फेरो ब्रह्म बाबाको मन्दिर जान्छु १० मिनेट त्यहा बस्छु । बसेपछि माताको शक्ति जीवमा प्रवेश गरेपछि आफै दियो बल्छ ।
त्यसपछि हाम्रो पंचबलि सुरु हुन्छ । पंचबलिका रुपमा बोका , मुसा , हाँस , परेवा र राँगालाई बलि चढाईन्छ । त्यस लगतै २३ गते बिहान भईहाल्छ र राँगा बलि सुरु हुन्छ त्यपछि २४ गते अन्य बलि दिईन्छ ।