राजु साह,कलैया । प्रदेश २ मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत कलैया उपमहानगरपालिका वडा नम्बर १७ ब्रम्हमपुरीको श्री महावीर माध्यमिक विद्याालयमा साईकल वितरण गरिएको छ ।

प्रतिनिधि सभाका सदस्य रामबाबु यादब र प्रदेश सासंद पारस साहले १५ जना छात्राहरुलाई शनिवार एक कार्यक्रमका बीच विद्यालय प्राङ्गणमा साइकल वितरण गरेका हुन् ।
साइकल वितरण गर्ने क्रममा सांसद यादवले कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका विद्यार्थीहरु टाढा टाढाबाट आउने गरेकोले उनीहरुको मनोवल उच्च राख्न प्रोत्साहन स्वरुप साईकल वितरण गरिएको बताउनु भयो ।

त्यस्तै प्रदेश सांसद साहले गाउँघरमा पढ्ने छात्राहरुको श्रेत साधन नभएर पनि शिक्षाबाट बञ्चित भएको अवस्थामा साईकल वितरण गरि थप हौसला प्रदान गरेको बताउनु भयो । यो संगै प्रदेश २ मुख्यमन्त्री बेटी पढाउ बेटी अभियान अन्तर्गत विभिन्न जिल्लाका विद्यालयहरुमा साईकल वितरण हुँदै आएको छ ।

साइकल वितरण कार्यक्रममा जिल्ला समन्वय समिति बाराका उप–सभापति पवन ब्याहुत, जनता समाजवादी पार्टीका नेता शिवनाथ पटेल, वडा अध्यक्ष सुगन्ध महतो कोइरी, जनता समाजवादी पार्टी युवा संघ बारा जिल्लाका अध्यक्ष सुजित पाण्डे सहित विद्ययालय व्यवस्थापन समितिका सदस्य, शिक्षक, विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर