सहकारी रकम दुरुपयोग प्रकरणमा रास्वपा सभापति रवि लामिछानेको बयान जारी रहँदा सहकारी पीडितहरूले पनि चितवनमा प्रदर्शन गरेका छन् । सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाका पीडितहरूले बचत रकम फिर्ता गर्नुपर्ने भन्दै चितवनमा प्रदर्शन गरेका हुन् ।

उनीहरूले गोर्खा मिडियामा गएको ६५ करोड रुपैयाँ फिर्ता गर्नुपर्नेमा राखेका छन् ।

त्यस्तै उनीहरूले संसदीय छानबिन समितिको प्रतिवेदन पूर्ण रूपमा कार्यान्वयन गर्न समेत माग गरेका छन् । प्रदर्शनमा सहभागीहरूले आफूहरूको रकम फिर्ताका लागि आवाज उठाउँदा राजनीतिक दलको आबद्धताको आरोप लगाएको भन्दै आक्रोश व्यक्त गरेका थिए ।

उनीहरूले जीबी राईलाई पक्राउ गर, हाम्रो बचत रकम फिर्ता गरिदे सरकार लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । यस्तै फरक ठाउँमा रविका समर्थकले पनि प्रदर्शन गरेका छन् ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर