विश्वास डेस्क
१० भदौ २०८३
काठमाडौं । इस्लाम धर्मका अन्तिम पैगम्बर हजरत मोहम्मद (सलल्लाहु अलैहिवसल्लम)को १५०१औँ जन्मजयन्ती आज (बुधबार) देशैभर विभिन्न धार्मिक कार्यक्रम गरी मनाइँदैछ। यस अवसरमा सरकारले आज मुस्लिम धर्मावलम्बीहरूका लागि सार्वजनिक बिदा दिएको छ।
साउदी अरबको मक्कामा जन्मिएका मोहम्मदलाई मुस्लिम समुदायले अल्लाहको सन्देष्टाका रूपमा मान्ने गर्छन्। उनको उपदेशका क्रममा पवित्र ग्रन्थ कुरान अवतरण भएको धार्मिक विश्वास छ। मोहम्मद जन्मेको ५३ वर्षपछि सुरु भएको इस्लामिक पात्रो ‘हिजरी संवत्’ अहिले १४४८ औँ वर्षमा चलिरहेको छ।
जन्मजयन्तीका अवसरमा आज राजधानीका काश्मिरी र नेपाली जामे मस्जिदलगायत देशभरका मस्जिद तथा मदरसाहरूमा प्रभातफेरी, धार्मिक प्रवचन, र्‍याली एवं प्रार्थना सभा आयोजना गरिएका छन्।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर