विश्वास डेस्क
९ भदौ २०८३
काठमाण्डौ – आज सुनचाँदीको भाउमा सामान्य गिरावट भएको छ ।

हिजोको तुलनामा आज सुनको भाउ तोलामा ५ सय रुपैयाँले घटेको हो । सुन आज तोलाको ३ लाख २२ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको ३ लाख २२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । हिजो सुनको भाउ तोलामा ३ हजार २०० रुपैयाँले बढेको थियो । त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ ।

आज चाँदी तोलामा ६५ रुपैयाँले घटेर तोलाको ४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि हिजो चाँदीको भाउ तोलाको ४ हजार ९६५ रुपैयाँ रहेको थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर