विश्वास डेस्क
९ भदौ २०२८३
काठमाडौं।नेपाली कांग्रेसको आधिकारिकता विवाद र घोषित १५औँ महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दिएका छुट्टाछुट्टै पूरक निवेदन सर्वोच्च अदालतमा आज दर्ता भएका छन्। देउवाको तर्फबाट वारेस दीपक खड्का र खड्काको तर्फबाट अधिवक्ता श्रवणकुमारमार्फत पेस गरिएका दुवै निवेदन सर्वोच्च प्रशासनले दर्ता गर्दै प्रारम्भिक सुनुवाइका लागि आगामी भदौ ११ गतेको पेसी तोकेको छ।
आधिकारिकता सम्बन्धी मूल मुद्दा सर्वोच्चमा विचारधीन रहेको अवस्थामा एकपक्षीय रूपमा आगामी असोज १६ देखि १९ गतेका लागि तय गरिएको १५औँ महाधिवेशन प्रक्रिया तत्काल रोक्न उत्प्रेषणको आदेश माग गर्दै यी निवेदन पेस गरिएका हुन्। सर्वोच्च अदालतले विचाराधीन मूल मुद्दासँगै राखेर पूर्ण इजलासमार्फत यी पूरक निवेदनहरूमाथि सुनुवाइ गर्ने जनाएको छ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर