विश्वास डेस्क
९ भदौ २०२८३
काठमाडौँ — प्रधानमन्त्री बालेन्द्र शाहलाई आँखाको सुरक्षाका लागि नियमित रूपमा सनग्लास (कालो चस्मा) प्रयोग गर्न चिकित्सकहरूले सुझाव दिएका छन्।
छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा गराइएको स्वास्थ्य परीक्षणका क्रममा चिकित्सकहरूले सो सिफारिस गरेका हुन् । उज्यालो प्रकाशमा हेर्न कठिनाइ भएको समस्या (फोटोफोबिया/लाइट सेन्सिटिभिटी) देखा परेपछि प्रधानमन्त्री शाह अस्पताल पुगेका थिए। परीक्षणपश्चात चिकित्सकहरूले आँखाको सुरक्षाका लागि सनग्लासका साथै आवश्यकता अनुसार आई ड्रप प्रयोग गर्न परामर्श दिएका छन्।
उक्त स्वास्थ्य परीक्षण रिपोर्ट र चिकित्सकको सिफारिस पत्र संघीय संसद् सचिवालयमा समेत औपचारिक जानकारीका लागि पठाइएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर