कलैया । देवाताल गाउँपालिका बारामा नव–निर्मित प्रहरी चौकीको समुद्घाटन कार्यक्रममा अध्यक्ष चन्दन कुमार सिंहले प्रहरी चौकी स्थापनाले गाउँपालिकाको सुरक्षाका कोशेढुङ्गा सावित भएको बताउनु भएको छ । हटलाईन राष्ट्रिय दैनिकसँग कुरा गर्दौ उहाँले अब प्रहरी चौकीको खोजीमा अन्य पालिका जानुपर्ने बाध्यात्मक अवस्थाको अन्तय भएको बताउनु भयो ।
सोमबार देवताल गाउँपालिका वार्ड नं. ४ पिप्राढीगोठमा स्थापित प्रहरी चौकी देवतालको समुद्घाटन गाउँपालिका प्रमुखको अध्यक्षतामा प्रमुख जिल्ला अधिकारी सुरेन्द« पौडेल र प्रहरी उपरिक्षक दीपेन्द« शाहीले संयुक्त रूपमा गर्नु भएको थियो । एक असई सहित पाचँ प्रहरीले देवतालको सुरक्षा हेर्ने छन् । समुद्घाटन कार्यक्रममा वडा अध्यक्ष, कार्यपालिका सदस्य, राजनीतिक दलका प्रतिनिधि, स्थानीय, पत्रकार लगायतको उपस्थिति थियो ।