बाराको कलैयास्थित सुधार गृहमा कुटपिटबाट प्रदीप मण्डलको मृत्यु भएको घटनाबारे संघिय संसदमा कुरा उठेको छ । प्रतिनिधि सभाका सदस्य अच्युत मैनालीले सुधार गृहमा युवकको मृत्यु भएको कुरा संसदमा उठान गर्दै सुधार केन्द्र यातना गृहममा परिणत सरकारको ध्यानाकर्षण गराउनुभयो ।
उहाँले कुटपिटमा संलग्नलाई कानुनि कारवाही गर्नुपर्ने कुरामा जोड दिदै सांसद मैनालीके सुधार गृहको आन्तरिक व्यवस्थानको बारेमा अनुसन्धान तथा अनुगमन गर्नुपर्नेमा जोड दिनुभयो ।
दुई सातादेखि कलैया उपमहानरपालिका–१ बैंक रोडस्थित नवजन्म पुःनस्थापना (सुधार) केन्द्रमा भर्ना भएका धीरेन्द्र प्रदीप मण्डलको कुटपिटबाट मृत्यु भएको थियो । कलैया–९ का ३७ वर्षीय मण्डललाई बिहीबार मध्यराति अनुशासन भंग गरेको भन्दै सजाय दिन खोज्दा उनले नमानेपछि सामूहिक रुपमा कुटपिट गर्दा उनको मृत्यु भएको थियो ।







