बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १ मा रहेको नवजन्म पुन : स्थापना सुधार केन्द्रमा कलैया उपमहानगरपालिका ९ का ३७ बर्षीय प्रदीप मण्डलको हत्या प्रकरणमा ९ जनामाथि किटानी जाहेरी परेको छ । प्रहरीले घटना लगतै ७ जनालाई पक्राउ गरेको छ भने दुई जना फरार छन ।

कलैया उपमहानगरपालिका वडा नम्बर ३ भवानीपुरका २२ बर्षीय साहेब बाबु मन्सुरले सञ्चालन गरेका उक्त सुधार केन्द्रमा १५ दिन पहिला भर्ना भएका मण्डललाई अनुसाशन पालना नगरेको बहानामा फागुन २ गते राति कुटीकुटी हत्या गरिएको थियो । मण्डललाई कलैया उपमहानगरपालिका बस्ने सागर गुप्ता , अरुण सर्राफ , परमेश्वर साह , सरफराज मन्सुर ,तमन्ना अलि , निरज सराफ र राहुलमहमद आशुमियाँ शेखले अनुशासन पालना नगरेको बहानाबाजीमा निर्ममतापूर्वक कुटीकुटी हत्या गरेके थिए ।

पक्राउ परेकामध्ये तमन्ना अलि नेपाली कांग्रेसका भातृसंगठन नेपाल विद्यार्थी संघ बरा क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति हुन् । उनि सुधार गृह सञ्चालक साहेब बाबु मन्सुरका भाई समेत हुन् । समाचार स्रोतका अनुसार घटना पश्चात तमन्ना अलिले नै सिसिटिभीका भिडियो लुकाउने प्रयास गरेका थिए ।

पक्राउ ७ जनामाथि पहरीले जिल्ला अदालत बाराबाट ज्यान सम्बन्धी कसूर मुद्दामा ७ दिनको म्याद थपेर अनुसन्धान अगाडी बढाएको बाराका पहरी प्रवक्ता प्रकाश सापकोटाले बताउनुभयो । फरार भएका दुई जनाको खोजि कार्य तिब्र पारिएको बारा प्रहरीले जनाएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर