बिश्वास डेस्क
कलैया,फाल्गुन १०
नेपाल धानुक समाज द्वारा श्री नवजन्म सुधार केन्द्रमा भएको सामुहिक कुटपिट गरि प्रदिप प्रसाद मण्डललाई हत्या गरेको प्रती घटनाको घोर भत्सर्ना सहित अपराधिलाई कडा कार्वाही तथा पिडितलाई छतिपुर्तीको माग गरिएको छ । आज एक प्रेस बिग्यप्ती निकालेर समाजका जिल्ला अध्यक्ष तथा मधेस प्रदेश महासचिव योगेन्द्र प्रसाद धानुकले यस्तो माग गरेका छन ।
बिग्यप्तिमा भनिएको छ
मिति २०८१।११।०२ गते रातीको २:०० बजेको समयमा जि. बारा कलैया उ.म.न.पा. वार्ड नं.९ निवासी धिरेन्द्र भन्ने प्रदिप प्रसाद मण्डललाई जि. बारा कलैया उ.म.न.पा वार्ड न.१ बैंक रोड स्थित साहेब बाबु मन्सुरले संचालन गरेको श्री नव जन्म सुधार केन्द्रमा भएको सामूहिक कुटपिट गरी निजको निर्भत्स हत्या प्रति घोर निन्दा गर्दछौ । यो घटनामा संलग्न व्यक्तिहरु सर्फराज मंसुर निरज सारार्फ, महमद आसु मिया शेख, तमन्ना अली, सागर गुप्ता शेख, अरुण सरार्फ, साहिल अलि, प्रमेश्वर साह, सुरज साह कानु समेतले उक्त सुधार केन्द्रमा भर्ना भएको केहि दिन मै निज मृतक प्रदिप प्रसाद मण्डलसँग विभिन्न अमानवीय व्यवहार, कुटपिट गरि कर्तव्य गरी हत्या गरेका थिए । विपक्षीहरुको चर्तिकला हेर्दा निजहरुले पैसा, पद र राजिनितिक पहुँचको आडमा अनैतिक तथा अमानविय तरिकाबाट निर्मम हत्या भएको प्रष्ट हुन आएको छ । हाम्रो देश नेपाल लोकतान्त्रिक गणतन्त्रात्मक देश भएको हुँदा यहाँ कानूनी मूल्य, मान्यतामा आधारित बिधिको शासन स्थापित भएको मुलुक भएकोले सबै नेपालीलाई स्वतन्त्रा पुर्वक बाच्न पाउनु पर्ने संबैधानिक अधिकार मौलिक हकको गम्भिर उल्घन भएको हुँदा सुधार केन्द्रमा बसेको अवस्थामा सामूहिक रुपमा सुनयोजित तरिकाले उक्त सुधार केन्द्रका संचालक कै सहयोगमा बल जबरर्जस्ती करकापमा पारी कुरुर एवम कार्यरतापूर्वक अमानविय हत्याको कसूर गरेका व्यक्तिहरुलाई कानूनी कारवाहीको माग गर्दै तथा संचलाक साहेब मंसुरलाई बचाउको तथ्य सर्वत्र सुनिदै आएको परिप्रेक्ष्यमा यस घटनामा सग्लन अपराधीहरुलाई अनुसन्धानको दायरामा ल्याई सत्य, तथ्य उजागर हुने गरी पिडितलाई सुपथ न्याय दिलाउन नेपाल धानुक समाज जिल्ला कार्यसमिति बारा कलैयाको तर्फबाट प्रेस विज्ञप्ती जारी गरिएको छ । अतः घटनाको सत्य, तथ्य छानवीन गरी घटनामा संलग्न अपराधीहरुलाई कानून बमोजिम कडा भन्दा कडा कारवाही तथा पिडितलाई क्षतिपूर्ति उपल्बध गराउन समेत जोडदार माग गर्दछौं ।







