साजिर मन्सूर 

कलैया,चैत ३०

आम जनता पार्टीको सिम्रौनगढ नगर कमिटीको आज बसवरियामा बसेको बैठकले भन्सार नाकालाई सुचारू एवं स्तरबृद्धि गराउन यही बैशाख १२ गते सिम्रौनगढ बाजारमा बिशेष भेला गर्ने निर्णय गरेको छ । आजपाका राष्ट्रिय अध्यक्ष पुर्व मन्त्री मा. प्रभु साहको बिशेष उपस्थितिमा हुने उक्त भेलाले सिम्रौनगढको बृहत् बिकासको लागि बिशेष घोषणा गर्ने आजपा मधेश प्रदेश अध्यक्ष उमेश कुशवाहाले बिश्वास एफएम लाई जनाएका छन । आज बसेको बैठकमा मधेस प्रदेश अध्यक्ष कुश्वाहा सङ्गै पार्टीको पर्सा जिल्ला इन्चार्ज लखिन्द्र साह, बारा जिल्ला अध्यक्ष राजकिशोर साह, पार्टी केन्द्रिय सद्स्य नबिन कुमार साह आईटी आर्मी नेता जयचन्द्र साह, संदिप साह लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर