कलैया । सिम्रौनगढ नगरपालिका नगरप्रमुख विजय शंकर यादवले अब सिम्रौनगढको शिक्षा काठमाण्डौंसम्म पुग्ने बताउनुभएको छन् । हटलाईन राष्ट्रिय दैनिकको विशेष कुराकानीमा उहाँले सिम्रौनगढबाट एस.इ.इ उत्तीर्ण गरेका काठमाण्डौं बसेर पढ्न चाहने १५ जना विद्यार्थीलाई पूर्ण छात्रवृति र अन्य विद्यार्थीलाई ५ं० प्रतिशत छात्रवृति दिने बताउनुभएको छ । सिम्रौनगढको उज्जवल भविष्य र नेपालको इतिहास बोकेके गढलाई यहाँकै स्थानीयले विश्वको कुनाकन्दरासम्म चिनाउन सकुन् भनेर विगतका वर्षदेखि यस्तो योजना संचालनमा ल्याएको बताउनुभएको छ ।

साथै नगर प्रमुख यादवले यसरी नगरपालिकाले छात्रवृतिमा पढ्ने अवसर दिदाँ भोलिका दिनमा आफ्नै माटोको सेवा गर्ने र सिम्रौनगढ शैक्षिक रुपमा पनि सम्पन्न हुने र यहाँको पुरातात्विक सम्पदाको अध्ययन अनुसन्धान आफैले गर्ने अपेक्षा लिएको बताउनुभएको छ । छात्रवृतिमा पढ्न चाहने सिम्रौनगढका विद्यार्थीले नगरपालिकाको शिक्षा शाखामा गई आवश्यक प्रकृया पु¥याईदिन अनुरोध गर्नुभएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर