बिश्वास डेस्क
कलैया,असोज २७
परवानिपुर गाउपालिकामा हैजा रोगको महामारी विरूद्ध प्रतिकार्य खोप अभियान, २०८२ सङ्गै अन्तरक्रिया शुरु भएको छ । सो अवसरमा खोप समन्वय समितिको अभिमुखीकरण/पत्रकार अन्तरक्रिया परवानीपुर गाउँकार्यपालिकाको कार्यालय लिपनीमालमा शुरु भएको हो । गाउपालिका अध्यक्ष रामछेत्री प्रसाद कुर्मिको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत मुन्ना साह रौनियार,वडा अध्यक्षहरु,कार्यपालिका सदस्यहरु,विभिन्न शाखाका प्रमुखहरु,डब्लुएचओका फिल्ड अफिसर राजिव शर्मा,नेपाल पत्रकार महासंघ बाराको उपाध्यक्ष प्रीयन्का दास लगायतकाको उपस्थिति रहेको थियो ।
यो खाेप जीवन बचाउने र रोगको महामारीलाई समुदायबाट हटाउने सबभन्दा प्रभावकारी उपाय भएकाले यो खोप हाम्रै सुरक्षाको लागि हो भन्दै स्वास्थ शाखा प्रमुख जयकृष्ण मिश्राले खोप लिन सबैमा आग्रह गरे ।
यस अघि स्वास्थ्य छेत्रका बिग्यहरुले हैजा जस्तो घातक रोगबाट बच्न र परिवार तथा समाजलाई सुरक्षित राख्नका लागि सबैले ढुक्क भएर खाेप लिनु अति आवश्यक छ, जसले गर्दा समाजमा हैजा नियन्त्रणका लागि सकारात्मक सन्देश प्रवाह भई सामूहिक स्वास्थ्य सुधारमा ठूलो टेवा पुग्नेमा जोड दिएका छन ।







