पर्साको बैजुल्लाहका छोरा रेयाजुललाई प्रवासी रेडियो श्रोता संघबाट २७ हजारभन्दा बढी नगद सहयोग

पर्सा। मृगौला रोगबाट पीडित एक युवाको उपचारका लागि ‘प्रवासी रेडियो श्रोता संघ’ले आर्थिक सहयोग गरेको छ। पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका वडा नं १ कञ्चनपुर निवासी बैजुल्लाह मियाँ अंसारीका छोरा रेयाजुल मियाँ अंसारीलाई उनको मृगौला रोगको उपचारका लागि संघले सहयोग गरेको हो।
बिरामी रेयाजुल मियाँ अंसारीको उपचारका लागि ‘प्रवासी रेडियो श्रोता संघ’ले नगद रू. २७,०३०/- (सत्ताईस हजार तीस रुपैयाँ) सहयोग रकम प्रदान गरेको हो। लामो समयदेखि मृगौला रोगले थलिएका रेयाजुलको आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा कठिनाई भइरहेको अवस्थामा प्रवासी रेडियो श्रोता संघले मानवताको नाताले यो सहयोग जुटाएको हो।
संघले संकलन गरेको उक्त रकमले रेयाजुलको उपचारमा थोरै भए पनि राहत मिल्ने विश्वास गरिएको छ। संघका प्रतिनिधिहरूले सो रकम बिरामीका परिवारलाई हस्तान्तरण गर्दै शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।
सामाजिक कार्यमा सधैँ अग्रसर रहने प्रवासी रेडियो श्रोता संघ का बरिष्ठ सदस्य मौलाएको जीवन मेरो यस सहयोगले संकटमा परेका परिवारलाई राहत मिलेको कुरा बताएका छन्।







