कलैया ।बिगत दुई महिना देखि बन्द रहेको शैक्षिक संस्था लाई कलैया उपमहानगरपालिकाले भोलि देखि भौतिक उपस्थिति मै पठनपाठन को अनुमति दिएको छ ।

उपमहानगरपालिका का उप सचिव प्रहलाद वर्णवाल ले आइतबार एक सूचना जारी गर्दै स्वास्थ्य को मापदण्ड पालना गरेर उपमहानगर भित्रका बिधालयमा भौतिक उपस्थितिमा पठनपाठन को अनुमति दिएको जानकारी दिएका छन् ।

नगर शिक्षा समिति को साउन १५ गते बसेको बैठक ले साउन १८ गते देखि सम्पुर्ण निजि तथा सामुदायिक बिधालय संचालन को अनुमति दिएको हो ।

उपमहानगरले आधाराभुत बिधालय मा कक्षा ४ देखि ८ र माध्यमिक बिधालय मा कक्षा ८ देखि १२ सम्म को कक्षा मात्र संचालन को अनुमति दिएको छ । अन्य कक्षा को हक मा तत्काल को लागि बन्द नै राख्न उपमहानगर ले निर्देशन दिएको हो ।

विद्यालय संचालन गर्दा विद्यालयको कम्पाउन्ड , कक्षाकोठा , शौचालय , प्रयोगशाला लगायतका ठाउँहरु दैनिक रूपमा सेनिटाईज गर्नु पर्ने छ । एउटा बेन्चमा १ जना मात्र विद्यार्थीलाई राख्नु पर्ने त्यसको लागि कक्षाकोठा , डेस्कबेन्च अपुग भए २ सिफ्टमा कक्षा संचालन गर्नुपर्ने नगर शिक्षा समिति ले निर्णय गरेको छ ।

बिधालय संचालन को निर्णय अहिले आएर भए पनि अघोषित एवं समन्वय बिना नै कलैया का बिधालय केहि दिन देखि संचालन मा आइसकेका थिए । तर उपमहानगर ले बेवास्ता गरेको थियो ।

कलैया उपमहानगरपालिका द्वारा जारी सूचना

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर