कलैया ।सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित प्रसिद्ध छिन्नमस्ता सखडेश्वरी शक्तिपीठमा भगवतीको चाँदीको मुकुट (मस्तक) चोरी गर्ने एक जना पक्राउ परेका छन् ।

छिन्नमस्ता भगवतीको मुकुट सोमबार बिहान भेटिएको सप्तरी प्रहरीले जनाएको छ । पक्राउ पर्ने मा जिल्लाको विष्णुपुर गाउँपालिका वडा नम्बर ५ बस्ने राजेश कुमार मण्डल रहेका छन् ।प्रहरी ले उनलाई सोमबार बिहान पक्राउ गरेको हो ।

आइतबार साँझ करिब ७ः१५ बजेतिर मुकुट चोरी भएको हो । घटनासँगै प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको नेतृत्वमा प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमला, प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेसहितको टोली त्यहाँ पुगेको थियो ।
खोजी कार्यलाई तीव्रता दिएर चोरी भएको ठाउँसहित जिल्लाका भारतीय सीमानाका पनि बन्द गरिएको थियो । पक्राउ परेका मण्डल लाई नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको प्रहरी ले जनाएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर