साजिर मन्सूर 

कलैया,फाल्गुन ७

बारा सदरमुकाममा रहेको मेरो एकेडेमी कलैयाको ११औँ वार्षिकोत्सव विविध सांस्कृतिक तथा शैक्षिक कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भएको छ। कलैया ४ स्थित बिधालय विद्यालय परिसरमा विद्यार्थी, अभिभावक, शिक्षक-शिक्षिका तथा स्थानीय व्यक्तित्वहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न भएको छ।

वार्षिकोत्सव अवसरमा विद्यार्थीहरूले नृत्य, गीत, नाटक, कविता वाचनलगायत विभिन्न सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए। उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो भने विद्यालयको समग्र शैक्षिक उपलब्धि र भावी योजनाबारे विद्यालयका प्रधानाध्यापक बैजु शंकर चौधरीले जानकारी गराएका छन।

कार्यक्रममा बोल्दै अभिभावकहरूले विद्यालयले गुणस्तरीय शिक्षा, अनुशासन र नैतिक मूल्यमा दिएको प्राथमिकताको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्तै उत्कृष्ट शैक्षिक वातावरण कायम रहने विश्वास व्यक्त गरेका छन्। उनीहरूले आफ्ना बालबालिकाको समग्र व्यक्तित्व विकासमा विद्यालयको भूमिका महत्वपूर्ण रहेको बताएका छन।

विद्यालय प्रशासनले अभिभावकहरूको निरन्तर सहयोग र विश्वासप्रति धन्यवाद व्यक्त गर्दै भविष्यमा अझ आधुनिक, प्रविधिमैत्री तथा प्रतिस्पर्धात्मक शिक्षा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।

 

बिधालयमा अहिले ८ सय बढी बिद्यार्थीहरु रहेको बिधालय प्रशासनले जानकारी गराएको छ ।

 

अनिस कुमारको अध्यक्षता एवम शिक्षा बिकास समन्वय ईकाई बाराका प्रमुख अशोक रौनियाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बिशिस्ट अतिथि बिधालयका डाईरेक्टर मन्तोश चौधरी,बिशिस्ट अतिथि बिधालयका आईटी प्रमुख दिपेन्द्र भगत,नेपाल पत्रकार महासंघ मधेस प्रदेशका सदस्य साजिर मन्सूर,शिक्षा बिकास तथा समन्वय ईकाईका जयराम गुप्ता,विद्यार्थी, अभिभावक, शिक्षक-शिक्षिका तथा स्थानीय व्यक्तित्वहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न भएको छ।

उदघाटन कार्यक्रमको सन्चालन शिक्षक जमुना गिरिले गरेका थिए  ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर