बिश्वास एफएम 

कलैया, चैत २८

“मानव अधिकार रक्षकको अवस्था तथा सवाल र सरोकारवालाहरूको भूमिका” विषयक एक महत्वपूर्ण छलफल कार्यक्रम कलैयामा सम्पन्न भएको छ।

उक्त कार्यक्रममा मानव अधिकार क्षेत्रमा क्रियाशील विभिन्न संघ–संस्था, सञ्चारकर्मी, नागरिक समाजका प्रतिनिधि तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले नेपालमा मानव अधिकार रक्षकहरूले भोगिरहेका चुनौती, जोखिम तथा उनीहरूको सुरक्षाको अवस्थाबारे गम्भीर छलफल गरेका थिए।

प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय बाराकी प्रशासकिय अधिकृत मनिषा कर्णले मानव अधिकार रक्षकहरू समाजमा न्याय, समानता र अधिकारको सुनिश्चितताका लागि अग्रपंक्तिमा काम गरिरहेको भन्दै प्रसंशा गरिन । उनले अधिकारकर्मिहरु विभिन्न चुनौती, दबाब र असुरक्षाको सामना गर्नुपरेको यथार्थ हामीले स्वीकार गर्नैपर्छ भनिन। विशेषगरी महिला अधिकार रक्षकहरू अझ बढी जोखिममा छन्।

उनीहरूको सुरक्षा, सम्मान र काम गर्ने वातावरण सुनिश्चित गर्नु राज्य, सरोकारवाला निकाय र सम्पूर्ण समाजको साझा जिम्मेवारी हो। यसमा सहकार्य र समन्वय अत्यन्त आवश्यक रहेको बताईन ।

प्रशासकिय अधिकृत समेत रहेकी कर्णले जिल्ला प्रशासन कार्यालय बारा मानव अधिकारको संरक्षण र प्रवर्द्धनप्रति सधैं प्रतिबद्ध रहने विश्वास दिलाईन ।

कार्यक्रमका वक्ताहरूले मानव अधिकार रक्षकहरूलाई विभिन्न किसिमका दबाब, धम्की तथा असुरक्षाको सामना गर्नुपरेको उल्लेख गर्दै उनीहरूको संरक्षणका लागि राज्यले प्रभावकारी नीति तथा कार्यक्रम ल्याउनुपर्ने आवश्यकता औँल्याए। साथै, मानव अधिकारको संरक्षण र प्रवर्द्धनमा सञ्चारमाध्यम, नागरिक समाज तथा सरकारी निकायबीच सहकार्य अपरिहार्य रहेकोमा जोड दिइयो।

छलफलका क्रममा सहभागीहरूले मानव अधिकार रक्षकहरूको सुरक्षा सुनिश्चित गर्दै उनीहरूको कामलाई सहज बनाउने वातावरण सिर्जना गर्न सरोकारवाला सबै पक्ष जिम्मेवार हुनुपर्ने धारणा राखेका थिए।

कार्यक्रमले मानव अधिकारको अवस्था सुधार गर्न ठोस पहल आवश्यक रहेको निष्कर्ष निकालेको आयोजकले जनाएको छ।

उक्त कार्यक्रम COCAP तथा साझा विकास केन्द्र को सहकार्यमा आयोजना गरिएको थियो।

कार्यक्रममा सहभागीहरूले मानव अधिकारको अवस्था सुधार गर्न सरकार, नागरिक समाज र सञ्चार क्षेत्रबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।

कार्यक्रमको सहजीकरण समाजिक अभियन्ता मुनिलाल बैठाले गरेका थिए ।

साथ साथ सिकाई सन्जाल बाराको अध्यक्ष सरस्वती खरेलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रशासन कार्यालय बाराको प्रशासकिय अधिकृत मनिषा कर्णको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कलैया उपमहानगरपालिकाको पन्जिकरण शाखा प्रमुख तपसी चौरसिया,महिला तथा बालबालिका शाखा प्रमुख नेहा केशरी,जिल्ला प्रहरी कार्यालय बाराको सरु अधिकारी ,जिल्ला बार को अध्यक्ष उमेश जयस्वाल,महिला अधिकारकर्मी किशमती राम,निभा सिंह,मन्जु सुवेदी,सन्चारकर्मिहरु लगायतकाको उपस्थिति रहेको थियो ।

साथ साथ सिकाई सन्जालको आयोजना तथा कोक्याप संस्थाको सहयोगमा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष सिला जयस्वालले गरेकी थिईन भने सन्चालन आयोजक सन्जालको सचिव मिना गुप्ताले गरेकी थिईन ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर