साजिर मन्सूर
बारा, चैत ३०
नेपाल–भारत विकास सहयोग कार्यक्रम अन्तर्गत बारा जिल्लाको प्रसौनी गाउँपालिका वडा नं.२ मा रहेको श्री बेङ्गा साह माध्यमिक विद्यालय तथा पुस्तकालय भवनको आज एक औपचारिक समारोहका बीच शिलान्यास गरिएको छ। बि.स.२००५ सालमा स्थापना भएको बिधालयको आज
बिरगंजस्थित भारतीय महावाणिज्य दूतावासका कन्सुलेट जनरल डिएस मीनाले उक्त भवनको शिलान्यास गरेका हुन्। कार्यक्रममा बोल्दै उनले नेपाल–भारतबीचको सहकार्यले शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।
स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवालाहरूले विद्यालय तथा पुस्तकालय भवन निर्माणपछि शिक्षाको गुणस्तर सुधार हुनुका साथै विद्यार्थीहरूलाई थप सुविधा प्राप्त हुने अपेक्षा व्यक्त गरेका छन्।
नेपाल–भारत सहकार्यमा निर्माण हुन लागेको उक्त संरचनाले क्षेत्रीय शिक्षा विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।
हाल यो बिधालयमा कक्षा १२ सम्म अध्ययन हुने तथा कम्प्युटर साईन्स को समेत अध्यापन हुँदै आएको बिधालयका प्रधानाध्यापक मनोज कुमार साहले जानकारी गराए । बिधालयमा हाल ६८ जना शिक्षक रहेकोमा बिद्यार्थी २४ सय बढी रहेको प्रधानाध्यापक साहले जनाए ।
उक्त कार्यक्रममा प्रसौनी गाउँपालिका अध्यक्ष बिनोद जैसवालको अध्यक्षतामा भएको कार्यक्रममा बिशिस्ट अतिथि गाउपालिका उपाध्यक्ष किरण साह, प्रमुख प्रशासकीय अधिकृत नवीन श्रीवास्तव, लेखा प्रमुख प्रेम बाबु प्रसाद,शिक्षा शाखा प्रमुख सन्तोष रौनियार,प्रहरी निरीक्षक टुकेन्द्र श्रेष्ठ,वडा अध्यक्ष लालबाबु मुखिया,हृदय प्रसाद तेलि,संतोष साह,सत्यनारायण पन्डित,ईस्लाम मिया,बृजकिशोर कुश्वाहा,याकुब मिया,हिरालाल साह,बिजय जयस्वाल,मनोज कुमार,अनवर आलम अन्सारी,पवन अग्रवाल,बृजकिशोर साह,जिन्सी शाखा प्रमुख लक्ष्मी प्रसाद कलवार,नेपाल पत्रकार महासंघ मधेस प्रदेश सदस्य साजिर मन्सूर लगायतका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
रबिन्द्र गिरिले सन्चालन गरेको कार्यक्रम मा स्वागत बिधालयका निरु चौधरीले गरेकी थिइन ।







