रौतहट । रौतहट को माधवनारायण नगरपालिकामा दुई पक्ष बिच झडप हुँदा दर्जन भन्दा व्यक्ति घाईते भएका छन् ।
सो नगरपालिकाको वडा नम्बर ४ मानपुर बिसुनपुर्वामा बिधार्थी भर्नाको विषयलाई लिएर वडाध्यक्ष पक्ष र प्रअ पक्षको बिचमा झडप भएको बुझिएको हो । वडाध्यक्ष रामदेनी मुखियाका छोरा रामतलेवर मुखियाले बल जबर्जस्ती बिधार्थी भर्ना गर्न दबाब दिएपछि दुई पक्ष बिच भनाभन भई उग्ररूप लिएपछि झडप भएको हो । श्री मावि बिसुनपुर्वामा बिधार्थी भर्नाका लागि गत अषाढ महिनामा आहवान गरिएको थियो ।
अन्तिम दिन आएर सयौं बिधार्थीहरू लाई जबर्जस्ती भर्ना गर्न वडाध्यक्षका छोराले भनेका थिए । सो बिधालयका प्रधानाध्यापक राजेश यादवले बिधार्थी र अभिभावक लाई बोलाएमा भर्ना गरिदिने बताएका थिए ।
तर त्यस्तो नगरेर जबर्जस्ती बिधार्थी भर्ना गर्न दबाब दिदै प्रअ यादव माथि हातपात गर्न थालेपछि झडप भएको हो । घाईते मध्ये एक पक्षको पारस भण्डारी ,नरेश पासवान,तपेशर भगत,लक्षमण भगतको उपचार रौतहट ग्राण्डी हस्पिटल गरूडा झाँझपुलमा भईरहेको छ भने वडाध्यक्ष पक्षका घाईतेहरूको उपचार अनामिका हस्पिटल गरूडामा भईरहेके प्रहरीले जनाएको हो ।
मारपिटमा २१ वर्षिय गर्भवती महिला ममता भण्डारी घाईते भएकि छिन् । यस विषयमा वडाध्यक्ष मुखिया सँग सोध्दा सम्पर्क हुन सकेको छैन् । घटनाको बारे अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय शिवनगरले जनाएको छ ।