
विश्वास डेस्क
भदौ १३
नेपाल सीमा नजिकै फुटेर बनेको अस्थायी हिमतालबाट हुन सक्ने सम्भावित खतरा टर्दै गएको छ। चिनियाँ जलस्रोत मन्त्रालयका अनुसार तालबाट बिस्तारै पानी बगेर गइरहेकाले यसको आकार लगातार घटिरहेको छ। भूउपग्रह तस्बिरका अनुसार बिहीबारको तुलनामा २१ हजार वर्गमिटरले घटेर शनिबार बिहान तालको क्षेत्रफल ९९ हजार वर्गमिटरमा सीमित भएको छ।
पहिरो र लेदोले नदी थुनिएर बनेको यो ताल फुटेमा तल्लो तटीय क्षेत्रमा फेरि ठूलो बाढी आउने र उद्धार कार्य प्रभावित हुने चिन्ता विज्ञहरूले व्यक्त गरेका थिए। शुक्रबार तालबाट पानी बग्न थालेपछि सुरक्षाका लागि केही बेर उद्धार कार्य रोकिए पनि अहिले स्थिति नियन्त्रणमा रहेको पाइएको छ। तालको पछिल्लो अवस्था पत्ता लगाउन अत्याधुनिक उपकरण र ड्रोनसहित १५ जनाको प्राविधिक टोली खटाइएको छ।
ताजा समाचार
© 2026, All right reserved to Bishwas FM 93.6 MHz
Design By : Newlife Ranjit Yadav / 9814232702







