बिश्वास डेस्क
भदौ १४ ।त्रिशूली नदीमा आएको भीषण बाढीका कारण कृष्णभीर क्षेत्रमा सडक कटान हुँदा काठमाडौं–मुग्लिन सडक खण्ड पूर्ण रूपमा बन्द भएको छ।
धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)का अनुसार भोटेकोशी हुँदै आएको बाढीले त्रिशूली नदीको बहाव बढाएपछि सडकको तल्लो भाग कटान गरी केही भाग भासिएको छ। आज बिहान केही बेर सञ्चालनमा आएको यो सडक नदी कटान तीव्र बनेपछि पुनः पूर्ण रूपमा अवरुद्ध भएको हो।
सडक ठप्प भएपछि सयौँ सवारी साधन र यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन्। प्राविधिक टोलीले जोखिमको मूल्याङ्कन गरी सडक मर्मत र खुलाउने प्रयास गरिरहेको छ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर