सप्तरी । सप्तरी मा सवारी दुर्घटना मा परि दुई जनाको मृत्यु भएको छ ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको खडक नगरपालिका वडा नम्बर ४ अमाहामा सोमबार साझ स११प ४०३८ नम्बरको मोटरसाइकलले बसलाई अभरटेक गरी अगाडी बढ्न खोज्दा विपरित दिशाबाट आउँदै गरेको गरेको प्रदेश २–०१–००१ प ९५५६ नम्बरको मोटरसाइकल  एक आपसमा ठोक्किदा दुई जना को मृत्यु भएको प्रहरी ले जनाएको छ ।

मृत्यु हुने मा सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर ७ बस्ने २८ वर्षीय बुद्धसागर चौधरी र सिरहाको लहान नगरपालिका १७ बस्ने २८ वर्षीय रामशंकर यादव रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले बताउनु भयो ।

दुर्घटनामा परि स११प ४०३८ नम्बरको मोटरसाइकलमा चालक चौधरी र प्रदेश २–०१–००१ प ९५५६ नम्बरको मोटसाइकल चालक यादवको मृत्यु भएको हो ।

यस्तै दुर्घटना मा परि दुई जना गम्भीर घाइते भएका छन् ।गम्भीर घाइते हुने मा चौधरीको मोटरसाइकलमा पछाडी सवार सोही ठाउँका २८ वर्षीय आन्नद चौधरी र यादवको मोटरसाइकलमा पछाडी सवार लहान–२० की २३ वर्षीया सोनम चौधरी रहेका छन् ।

उनीहरु दुबै लाई उपचारको लागि अस्पताल पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक काफ्लेले बताउनु भयो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर