
सप्तरी । सप्तरी मा पोखरी मा डुबेर एक बालक को मृत्यु भएको छ । मृत्यु हुने मा राजगढ गाउपालिका वडा नम्बर ३ बस्ने घुरन रामका ७ वर्षीय छोरा उमेश कुमार राम रहेका छन् ।
बालक को राजविराज नगरपालिका वडा नम्बर १ चनोरा स्थित राम टोलमा पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रबक्ता प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले बताउनु भयो ।
राजविराज मामा घर आएको बेला नुहाउने क्रममा पोखरीमा सोमबार डुबेर मृत्यु भएको हो । मृतक बालकको पोष्टमार्टमका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाएको र घटना बारे अनुुसन्धान भइरहेको प्रब्क्ता काफ्ले ले बताउनु भयो ।