कलैया । बारामा शौच गरेर मलद्वार धुने क्रममा करेन्ट लागेर एक जना को मृत्यु भएको छ ।

मृत्यु हुने मा जिल्लाको महागढीमाई नगरपालिका वडा नम्बर ८ बेतौना टोल बस्ने ३२ वर्षीय श्यामबाबु साह रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रब्क्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिएका छन् ।

मंगलबार विहान ७ बजे खेतमा शौच गरेर मलद्वार धुने क्रममा खेतमा सिंचाई गर्न मोटरको तारबाट पानीमा करेन्ट प्रवाह भई साहको करेन्ट लागेर मृत्यु भएको हो ।

करेन्ट लागेर गम्भीर घाईते भएका साहलाई उपचारको लागि कलैया अस्पतालमा लाइएको थियो । पछी अस्पताल का चिकित्सक ले उनलाई मृत्त घोषणा गरेको प्रब्क्ता मिश्रले बताउनु भयो ।

मृत्तकको शव आफन्तको जिम्मा लगाइएको र घटना सम्बन्धमा अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय बारा ले जनाएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर