कलैया ।बारा को कलैया मा अवस्थित एन आई सी एशिया बैंक मा आफ्नो सुविधा लिन पनि जेष्ठ नागरिकहरुलाई धेरै नै सास्ती खेप्नु परेको छ ।
जेष्ठ नागरिकहरुलाई सामाजिक सुरक्षा बाफतको भत्ता लिन समस्या हुन थालेको छ । सरकारले उपलब्ध गराउदै आएको सामाजिक सुरक्षा भत्ता बाफतको रकम बैंक मार्फत मात्रै दिन भनेपछि यहाँका जेष्ठ नागरिकहरुलाई बर्षेनी समस्या हुन थालेका हो ।
बुधबार पनि कलैया स्थित एन आई सी एशिया बैंक मा भेडाबाख्रा जस्तै जेष्ठ नागरिकहरु लाई बैंक ले ब्यवहार गरेको पाइएको थियो ।लाईन मा रहेका एक जेष्ठ नागरिक संग प्रतिक्रिया लिदा उनले बैंक बिहान १० बजेपछि मात्रै खुल्ने गरेको भएपनि हामी अगाडि आउँछौं तर पनि घन्टौं लाईन मा बस्नु परेको छ ।
गाउँ गाउँमा सिंहदरबारको नारा लगाउदै निर्वाचित भएका अहिलेका जनप्रतिनिधिहरुले यस बिषयमा भने कुनै चासो देखिएको छैन । वडा वडामा ५÷५ जना जनप्रतिनिधिहरु भएपनि जेष्ठ नागरिकहरुका दुख भने जस्ता को त्यस्तै रहेको छ ।
सदरमुकाम बारा स्थित रहेका प्राय सबै बैंकले ज्येष्ठ नागरिकहरूलाई यस्तै खालको सास्ती दिएको प्रती आक्रोशित हुँदै नागरिक समाज बाराका अध्यक्ष उमेशलाल दासले यो अवस्थाको छिटै समाधान गर्नुपर्ने बताउनु भयो ।
दासले जनप्रतिनिधिहरु केवल चुनावका बेला ज्येष्ठ नागरिक को सामुन्ने देखावटी र प्रचारप्रसार का लागि सिर निहुराएर भोट र आशिर्वाद माग्बे तर ती ज्येष्ठ नागरिकहरु बैंकको सिढिमा घन्टौ लाईनमा बसेको देखेर पनि तिनिहरुका समस्याहरुका बारेमा नबोलेको देख्दा अत्यन्तै चित दुखेको बताए ।बैंकहरुले समेत हरेक ठाउमा ब्यवसायीकता मात्र नहेरी मानविय मूल्य मान्यतालाई समेत ध्यान दिनुपर्ने बताउदै थप कर्मचारी राखेर भएपनी सहज रुपमा भत्ता बितरण गर्ने ब्यवस्था मिलाउन माग गरे ।
एकल महिला समुहका जिल्ला अध्यक्ष मन्दा दलिले बाराका सबै बैंक प्रमुखहरु सङ्ग रुष्ट हुँदै यस्तो खालको ब्यवहार नसच्याए बैंकका आफुहरु त्यस्ता बैंक लाई बहिस्कार गर्ने अभियान समेत चाल्ने बताउनु भयो ।
यता राष्ट्रिय बाणिज्य बैंक शाखा कलैयाका प्रबन्धक बिबेक श्रेवास्तव सङ्ग यसलाई कसरी ब्यवस्थापन गर्न सकिने भनेर सोधेको प्रशनमा वहाले बैंकहरुले आफ्नो कर्मचारी लाई वडामा नै पठाएर वडाको निर्वाचित जनप्रतिनिधि को रोहबरमा नै भत्ता बितरण गर्दा उतम र अग्रज प्रती सम्मान ब्यक्त हुने बिचार राखे ।
एन आई सी एशिया बैंक कलैया शाखा प्रबन्धक अमृत राणाले आफुहरु बारम्बार जनप्रतिनिधि हरुलाई कम्तिमा १५ जनालाई मात्र एक दिनमा भत्ता लिन पठाउनु भनेर आग्रह गर्दा समेत त्यसो हुन नसकेर यस्तो अवसथा सृजना भएको बताउनु भयो ।