
कलैया । युवा संघ नेपाल कलैया उपमहानगरपालिका नगर कमिटी द्वारा वडा नम्बर ९ रामपुर को कौवावा टोलमा बिपन्न बर्गलाई राहत स्वरुप खाद्यान्न बितरण गरिएको छ । सो स्थानका ५४ जना बिपन्न गरिब परिवारलाई चामल बितरण गरिएको प्रमुख अतिथि युवा संघका केन्द्रिय सचिव एवम नेकपा एमाले बारा जिल्ला कमिटी सदस्य ध्रुब यादबले बताउनु भयो ।
युवा संघका सबै साथिहरुले आ आफ्नै पकेट मनि जम्मा गरेर ती बिपन्न परिवारहरुका लागी हामिले चामल किनेर हस्तान्तरण गरेको कार्यक्रमका बिशिस्ट अतिथि रहेका युवा संघका केन्द्रिय सचिवालय सदस्य एवम बारा जिल्ला इन्चार्ज राजेश पटेलले जानकारी गराउनुभयो ।
पटेलले हामीले केवल नेता र जनप्रतिनिधिको मुख ताक्नु भन्दा सबै युवाहरुले समाज परिवर्तनका लागि आ आफ्नो स्थानबाट लाग्नुपर्नेमा जोड दिनुभयो ।
उपमहानगर कमिटी अध्यक्ष हरिओम साहको अध्यक्षतामा भएको राहत बितरणको सो अवसरमा एमालेका नेता सुरेश मोदक,युवा संघ जिल्ला सह ईन्चार्ज गणेश रिजाल,उपाध्यक्ष आर के भट्टराई,नगर सचिव तारिक अन्सारी सहितकाको उपस्थिति रहेको थियो । कार्यक्रमको सन्चालन युवा संघ कलैया नगर कमिटी सचिव जितेन्द्र साहले गरेका थिए ।