राजेन्द्र सिंह । पर्साको जगरनाथपु्र गाउँपालिका वडा नं.०१ भएर बग्ने ओरिया खोलाको कारण सयौ बिगाहा खेती योग्य जमिन कटान गरेकोले किसानलाई समस्या भएको छ । वडा नं. ०१ को बिशुनपुर्वा र पिडारी गुठीमा खेलाले निकै क्षती गरेको स्थानियको भनाई छ । खोलामा पानी बाहाब बढ्ने र बस्तीमा प्रवेस गर्ने गरेकोले खेतमा लगाईएको धान सहित जमिन कटान भएको उनिहरुको भनाई छ ।
वर्षाआयममा परेको पानीले खोलामा बाहाब बढ्ने र सडक सम्पर्क समेत टुट्ने गरेकोले सदरमुकामन संगको सम्पर्क बिच्छेद हुने गरेको अर्की स्थानिय किसान रहिमा सेखिन बताउनु हुन्छ । पानीले सबै तिर जलमग्न हुदाँ औषधी उपचारमा समेत समस्या हुने गरेको वहाँले बताउनु भयो ।
वर्षौ देखि नदि जन्य समस्या झेल्दै आएका स्थानिय किसानहरुको समस्यामा स्थानिय सरकारले नदि नियन्त्रण तथा टट्बन्ध निमार्णमा चासो नदिएको उनिहरुको गुनोसो रहेको छ ।