सप्तरी । सप्तरी मा पोखरी मा डुबेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुने मा कञ्चनरुप नगरपालिका वडा नम्बर १२ का ६० वर्षीय बिरजु सरदार रहेका छन् ।
छोरी–ज्वाइँको घर आएको बेला स्थानीय सन्तोष यादवको माछापोखरीमा डुबेर वृद्धको मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्ले बताउनु भयो ।
लुगा र चप्पल फुकाली पोखरीको पानीमा हाम फाल्दा डुबेर उनको मृत्यु भएको काफ्लेले बताउनु भयो । उनी के कारण पोखरीमा हाम फाले भन्ने विषयमा खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ ।







