
अजमल अन्सारी,सुनसरी ।प्रदेश-१ मा राष्ट्रिय युवा संघ नेपालले आफ्नो कार्यालय भवन उद्घाटन गरेको छ । शनिबार एक कार्यक्रम बिच युवा संघका केन्द्रीय अध्यक्ष किरण पौडेलको प्रमुख अतिथिमा कार्यालयमा रिवन काटेर उद्घाटन गरेका छन् ।
प्रदेश १ को राजधानी बिराटनगर स्थित कार्यालय उद्घाटन गर्दै उहाँले पार्टी अनुशासन तोडेर हिँडेकालाई पार्टीमा फर्केर गल्ती स्वीकार गरे आममाफी दिइने बताउनुभयो । उहाँले भन्नुभयो, “सकेसम्म माधव नेपालसहितको एकताबद्ध पार्टी बनाउँछौँ । त्यसो हुन नसके प्रभाव भएका नेताहरूलाई ल्याएर एमालेलाई नयाँ शिराबाट अघि बढाउँछौँ ।” एमाले कमजोर हुँदा राष्ट्रिय स्वाधिनता कमजोर हुने र विकास निर्माणलगायतका काममा असर पर्ने भएकाले समेत जनताको चाहनासमेत एकतावद्ध एमाले भएको नेता पाैडेलको भनाइ छ ।
आगामी स्थानीय तह, प्रदेश र सङ्घीय चुनावमा एमालेले एकल बहुमत प्राप्त गर्ने गरी सङ्गठन निर्माण, विकास निर्माण र रुपान्तरणको काममा केन्द्रित हुन युवालाई उहाँले आग्रह गर्नुभयो ।उनले युवाहरुलाई रचनात्मक तवरले वर्तमान राजनीतिक चलखेलको प्रतिकार गर्न समेत सुझाए । ‘अब पुत्ला जलाएर हुँदैन, त्यो फेज आउट भैसक्यो । अब भएका गलत कुराहरु, के कारणले गलत भयो ? कसरी गलत भयो ? त्यो जनतालाई बुझाउन आवश्यक छ’ उनले भने ।
उद्घाटन समारोहमा सम्बोधन गर्दै केन्द्रिय उपाध्यक्ष छितिजले देश निर्माणमा युवाको भूमिका महत्वपूर्ण हुने भन्दै हरेक नेतृत्वमा युवाहरु आउनुपर्ने बताउनुभयो । राष्ट्र निर्माणमा युवाको भूमिका हुन्छ युवाले नै अहिलेको परिवर्तन सम्भव भएको भन्दै उहाँले युवाहरुसँगै हातेमालो गरेर नेतृत्वले अघि बढ्नुपर्ने बताउनुभयो ।
त्यस्तै राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय सचिब तथा प्रदेश सह-इन्चार्ज देवाननन्द मेहताले केपी शर्मा ओली सरकार र प्रदेशमा शेरधन राईको सरकारले बिकास निर्माणमा गरेका राम्रा कामको प्रसंसा गदै जनतामाझ सबै कार्यकर्तालाई निर्वाचनको तयारीमा लाग्नुपर्ने बताउनुभयो ।
उक्त कार्यक्रममा बोल्दै राष्ट्रिय युवा संघ नेपाल प्रदेश २ का अध्यक्ष बिजय दाङीले युवा संघका कार्यक्रमहरु अब रचनात्मक ढगंबाट गर्ने प्रस्ट समेत पारे । देशमा राजनीतिक स्थायीत्व स्थापनार्थ युवा संघले गर्ने उनको भनाई थियो ।
बिराटनगर पार्टी कार्यालयमा नै नेकपा एमालेका नेता विनोद ढकाल, युवासंघका केन्द्रिय उपाध्यक्ष छितिज थेवे,अन्जना अधिकारी, महासचिव रमेश आचार्य र सचिब देवानन्द मेहता,कोषाध्यक्ष मुकेश बुढाथोकी, जिल्ला सदस्य रमेश कुमार यादव , रितिक यादव सहितको सहभागीतामा कार्यालय उद्धघाटन गरिएको सचिब देवानन्द मेहताले बताउनुभयो।