काठमाडौँ । बैंकिङ कसूर मुद्दामा दोषी ठहर भई फरार रहेका एक जना परेका छन् । पक्राउ पर्ने मा पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ घर भई हाल काठमाडौंको गोंगबुमा बस्दै आएका ४२ वर्षीय चिरायु खालिङ रहेका छन् ।
उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले महालक्ष्मीस्थान बाट पक्राउ गरिएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले बताउनु भयो ।
उच्च अदालत पाटनले चेक बाउन्सको मुद्दामा गत फागुन १० गते ६ दिन कैद र १५ लाख ५० हजार रुपैयाँ जरिवाना तोकेको थियो । उनलाई फैसला कार्यान्यवनका लागि अदालतमा बुझाइएको ब्युरोका प्रवक्ता महतोले बताउनु दिएका छन् ।